काठमाडौं । अनलाइन बजार दराज नेपालले ८ कार्तिकका दिन आफ्नो बिक्रेता सम्मेलन गरेको छ । ललितपुर सानेपास्थित हेरिटेज गार्डेनमा सम्पन्न उक्त सम्मेलन ‘इम्पावरिङ सेलर्स, फेसिलिटेटिङ ग्रोथ’ नाराका साथ आयोजना भएको हो ।
सम्मेलनमा दराज नेपालले आफ्नो प्लेटफर्ममा आबद्ध १८ बिक्रेताहरूको सम्मानसमेत गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका अध्यक्ष अब्दुल खानको उपस्थिति रहेको थियो । उनले परिवर्तनशील डिजिटल युगसँग अनुकूल हुनु आजको आवश्यकता रहेको बताए । कार्यक्रममा आगामी दिनहरूमा ई–कमर्स सम्बन्धी विषयहरूलगायत ई–कमर्स विलबारे संसदीय समितिमा छलफल आवश्यकता परेमा यस विषयलाई अगाडि बढाउने प्रतिबद्धता जनाए ।
दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले दराजलाई आजका दिनसम्म ल्याइपुर्याउनमा विक्रेताहरूको मुख्य भूमिका रहेको बताइन् । उनले भनिन्, ‘बिक्रेताहरूको अथक मिहिनेत, परिश्रम, साथ र सहयोग नै दराजले पाएको सफलताको प्रमुख कारण हा ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया