काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइन खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रंगशाला जाने भएका छन् ।
आज साँझ साढे ६ बजेबाट साफ महिला च्याम्पियनसिपको फाइनल खेल सुरु हुँदैछ । साँझ अन्य भेटघाट लगायतका कार्यक्रमहरु स्थगित गरेर प्रधानमन्त्री ओली रंगशाला जाने ओलीको सचिवालयले जनाएको छ ।
सोमबार भएको सेमिफाइनल खेलमा नेपालले भारतलाई हराएसँगै नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
आज नेपाल र बंगलादेशबीच उपाधीका लागि प्रतिष्पर्धा हुँदैछ । नेपाल यसअघि पनि ५ पटक फाइनलमा पुगेर उपाधी जित्नबाट बञ्चित रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया