यस वर्ष लाभांश नदिने निफ्राको निर्णय

लोकपथ
70
Shares

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले यो वर्ष लाभांश नबाढ्ने भएको छ । बैंकले गत आर्थिक वर्षमा एक अर्ब २३ करोड ९८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

बैंकले उक्त मुनाफाबाट लाभांशका लागि छुट्याएको वितरणयोग्य मुनाफा आफ्नो वित्तीय अवस्था सुधारमा लगाउने निर्णय गरेको छ ।

मंगलबार बसेको बैंक सञ्चालक समितिको बैंठकले सो निर्णय गरेको हो । बैंकको गत आवको मुनाफाबाट वितरणयोग्य नाफा ७६ करोड ९५ लाख ३४ हजार रुपैयाँ बैंकको वित्तीय अवस्था थप सुदृढ र सबलिकरणका लागि संचित गर्ने भएको हो ।

प्रत्येक वर्ष लाभांश वितरण गर्दै आएको निफ्राले यस वर्ष बैंकका शेयरधनीहरुलाई लाभांश प्रस्ताव नगरी बैंकको सबलिकरण गर्दै लैजाने जनौको हो । निफ्राले गतवर्ष ४.२१०५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?