काठमाडौं महानगरले नेपाल र बंगलादेशबीचको फाइनल खेल तीन ठाउँबाट लाइभ देखाउने

लोकपथ
203
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज साँझ हुन गइरहेको साफ महिला च्याम्पियनसिपअन्तर्गतको फाइनल खेल तीन ठाउँबाट लाइभ देखाउने भएको छ ।

काठमाडौं महानगरले नेपाल र बंगलादेशबीच हुने फाइनल खेल टुँडीखेल, चाबहिल गणेशस्थान चौर र सानो गौचरणबाट लाइभ देखाउन लागेको हो ।

खेल साँझ साढे ६ बजेदेखि सुरु हुनेछ । सेमिफाइनलमा नेपालले भारतलाई र बंगलादेशले भुटानलाई हराएर फाइनलमा पुगेका हुन् । नेपाल र बंगलादेश दुवैले उपाधि जित्ने दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?