सिंहदरबार वैद्यखानाको लागि विकास समिति बनेको छ : मन्त्री पौडेल

लोकपथ
70
Shares
फाइल तस्बिर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सिंहदरबारको वैद्यखानाको लागि विकास समिति बनेको बताएका छन् ।

बुधबार धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस २०८१ को अवसरमा सिंहदरबार वैद्यखाना विकास समितिको ३०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले विषयगत र क्षेत्रगत व्यक्तिहरूलाई विकास समितिमा राखेर वैद्यखानालाई अगाडि बढाउने प्रयास गरेको बताएका हुन् । 

उनले भने, ‘पहिलो चोटि सिंहदरबारको वैद्यखाना आएको हो । तर यसको लागि  हामीले विकास समिति बनाइसकेका छौँ । धेरै भवनहरू छन्, पूर्वाधारहरू यस्तो रहेछन् भन्ने मलाई थाहा थिएन । हामीले गर्न खोजेका कामका लागि यहाँको पूर्वाधार पूर्ण नहोला तर न्यूनतम आवश्यकता अनुसारको रहेछ । हामीले विषयगत र क्षेत्रगत व्यक्तिहरूलाई समितिमा राखेर यसलाई अगाडि बढाउने प्रयास गरेका छौँ । ’

साथै उनले सिंहदरबारको वैद्यखानामा कयौँ समस्याहरू भए पनि हामी सबैले मिलेर समस्याको समाधान गर्नुपर्ने बताए । उनले वैद्यखाना संस्थालाई सबै मिलेर उजागर गर्नसमेत आग्रह गरे । त्यस्तै, उनले वैद्यखानाको उत्पादन घटेको भए पनि विश्वसनीयता नघटेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?