काठमाडौं । तिहारको सार्वजनिक बिदामा पनि नेपाल आयल निगमले डिपोहरू खुल्ला गर्ने भएको छ ।
निगमले बुधबार एक सूचना जारी गर्दै उपभोक्ताको सहजीकरण र चाडबाडमा इन्धनको माग बढ्ने भएकाले बिदाको दिनमा पनि डिपोहरू खुल्ला राख्ने जानकारी दिएको हो ।
निगमले कोशी प्रादेशिक कार्यालय विराटनगरको लागि १६ र १९ गते, बागमती प्रादेशिक कार्यालय थानकोट १६,१७ र १९ ,गण्डकी प्रादेशिक कार्यालय पोखरा १६ र १७, कर्णाली प्रादेशिक कार्यालय सुर्खेत आवश्यकता अनुसार, सुदूर पश्चिम प्रादेशिक कार्यालय धनगढी १६ र १९, इ्रन्धन डिपो नेपालगन्ज १६, इन्धन डिपो दाङ १६, शाखा कार्यालय वीरगन्ज १६ र १९, शाखा कार्यालय चारआली १६ र १९ र शाखा कार्यालय दिपायल आवश्यकता अनुसार खुल्न गरी व्यवस्था मिलाइएको सूचनामा उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया