ज्योति विकास बैंकका ग्राहकले दराजको ११.११ अभियानमा पाउनेछन् २० प्रतिशतसम्मको छुट

लोकपथ
63
Shares

काठमाडौं । ज्योति विकास बैंक र अनलाइन बजार दराज केयमु बीच ११.११ अभियानमा छुटसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकमा खाता रहेका ग्राहकहरुले दराजको ११.११ अभियानमा छुट पाउने छन् । यो योजना नोभेम्बर ११ (कार्तिक २६ गते, २०८१) देखि लागू हुनेछ ।

ज्योति विकास बैंकका ग्राहकहरुले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौता पत्रमा बैंकका मार्केटिङ तथा ब्रान्डिङ प्रमुख कुशलजंग अधिकारी र दराजका डिजिटल भुक्तानी र साझेदारी प्रमुख जोनम भूर्तेलले हस्ताक्षर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?