काठमाडौं । एनआईएमबी एस क्यापिटल लिमिटेडको आयोजनामा ‘विश्व लगानीकर्ता सप्ताह २०२४’को सन्दर्भमा नुवाकोटमा लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन भएको छ ।
एकसय भन्दा बढी स्थानीयहरुको उत्साहजनक सहभागिता रहेको उक्त कार्यक्रममा एनआईएमबी एस क्यापिटलका महाप्रबन्धक सचिन्द्र ढुंगानाले नेपालमा शेयर बजारको वर्तमान अवस्था, यसका चुनौति र समस्याबाट जोगिने उपायहरुबारे जानकारी दिए ।
उक्त कार्यक्रममा स्मार्ट लगानीकर्ताका विशेषता सहित नेपाली लगानीकर्ताको व्यवहारिक पक्षबारे पनि छलफल गरिएको थियो । एनआईएमबी एस क्यापिटलले प्रदान गर्ने सेवाहरुको बारेमा समेत जानकारी गराइएको थियो ।
कार्यक्रममा नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, जिल्ला सुरक्षा समितिका सम्पूर्ण सदस्य तथा उद्योग वाणिज्य संघ नुवाकोटका अध्यक्षका साथै स्थानीय जनप्रतिनिधिहरुको उपस्थिती थियो ।
‘विश्व लगानीकर्ता सप्ताह २०२४’ अन्तर्राष्ट्रिय धितोपत्र बजार नियमनकर्ता संगठन (आईओएससीओ) द्वारा प्रवर्धन गरिएको एक हप्ता लामो विश्वव्यापी अभियान हो । जसले लगानीकर्ता शिक्षा र संरक्षणको महत्वबारे चेतना जगाउन र यी दुई महत्वपूर्ण क्षेत्रहरुमा धितोपत्र नियामकहरुको विभिन्न पहलहरुलाई केन्द्रिकृत गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया