नेपाल लाइफ इन्स्योरेन्सको एक दिने ‘बिजनेस मिट’, सेल्स रणनीतिबारे छलफल

लोकपथ
0
Shares

काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकोे एक दिवसीय ‘बिजनेस रिभ्यू मिट’ सम्पन्न भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको पहिलो त्रैमासको व्यापार समिक्षा गर्दै आर्थिक वर्ष २०८१÷८२ को बाँकी समयावधिको लागि सेल्स रणनीतिको तर्जुमा गरिएको थियो ।

कार्यक्रममा बोल्दै कम्पनीका संचालक कमलेशकुमार अग्रवालले प्रतिकूल आर्थिक अवस्थाको बावजुद पनि कम्पनीले प्राप्त गरेको उपलब्धिका निम्ति अहोरात्र खट्ने सम्पूर्ण नेपाल लाइफकर्मीलाई धन्यवाद दिए । उनले नेपाल लाइफ जीवन बीमा उद्योगको मार्ग प्रदर्शकको रुपमा रहेको र अहिले हासिल गरेको उपलब्धि भन्दा धेरै माथिको उपलब्धि ल्याउन सक्ने प्रचुर सम्भावना बोकेको बताए । उनले ग्राहकमैत्री सेवाहरू प्रवाह गर्नका निम्ति कुनै पनि किसिमको सहयोग गर्न संचालक समिति सदैव तयार रहेको पनि बताए ।

कार्यक्रमामा बोल्दै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीले उत्कृष्ट प्रदर्शन गरेको र आम नेपाली नागरिक समक्ष अझै बीमा सम्बन्धी सचेतना पुर्याउने बताए । उनले बीमा बजारमा प्रचुर सम्भावना रहेको बताउँदै कम्पनीले इनोभेटिभ प्रोडक्टहरू मार्केटमा ल्याइरहेको र आगामी दिनमा पनि यस्ता प्रोडक्टहरु मार्केटमा ल्याएर बीमा बजारको विस्तारमा भूमिका निर्वाह गर्ने बताए । उनले कम्पनीले आफ्नो आन्तरिक तथा बाह्य प्रणालीलाई समय सापेक्ष बनाउनका निम्ति प्रविधिमैत्री वातावरण सिर्जना गरेकको बताए ।

कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले कम्पनीले प्राप्त गरेको उपलब्धिका निम्ति सबै सहयोगीप्रति धन्यवाद् ज्ञापन गरे । कम्पनीले ग्राहकहरूको सुविधालाई थप प्रभावकारी ढंगले प्रवाह गर्नका निम्ति अहिलेको नविनतम प्रविधिको प्रयोग गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता प्रदान गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?