काठमाडौं । बंगलादेशले साफ महिला च्याम्पियनसिपको उपाधि दोस्रोपटक जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई २–१ को अन्तरले पराजित गर्दै बंगलादेश दोस्रोपटक च्याम्पियन बनेको हो ।
पहिलो हाफमा दुवै टिम गोलरहित बराबरीमा रहेका थिए । तर खेलको ५२औँ मिनेटमा बंगलादेशले पहिलो गोल गर्दा नेपालले त्यसको तीन मिनेटपछि अर्थात् ५५औँ मिनेटमा पहिलो गोल गर्दै बराबरीमा पुर्याएको थियो । त्यसपचि बंगालदेशले खेलको ८०औँ मिनेटमा पुग्दा थप एक गोल गरेसँगै नेपाल दबाबमा परेको थियो ।
त्यसो त अहिले मात्र होइन स्न २०२२ मा समेत बंगलादेशले नेपाललाई ३–१ ले हराएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया