नेपालगन्ज डेंगु रोगको उच्च जोखिममा

लोकपथ
21
Shares

बाँके । नेपालगन्ज उपमहानगरपालिका डेंगु रोग संक्रमणको उच्च जोखिममा देखिएपछि रोकथाम अभियान सुरुआत गरिएको छ । बाँके जिल्लामा हालसम्म डेंगु सङ्क्रमित तीन सय ४८ नागरिकमध्ये एक सय ९५ नेपालगन्ज उपमहानगरपालिकाकै नागरिक रहेको उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए । 

‘नेपालगन्ज डेंगु रोग संक्रमणको उच्च जोखिममा रहेकाले रोकथामका लागि अभियान सुरु गरेका छौँ, ’उनले भने, ‘उपमहानगरका सबै वडामा लामखुट्टेको वासस्थान खोजी तथा लार्भा नष्ट गर्ने कार्य भइरहेको छ ।’

नेपालगन्ज उपमहानगरपालिका–४ बसपार्क क्षेत्रबाट डेंगु तथा कीटजन्य रोग सार्ने लामखुट्टेको वासस्थान खोजी तथा लार्भा नष्ट गर्ने अभियानको सुरुआत गरेको उनको भनाइ छ । उपमहानगरका २३ वटै वडामा अभियान सञ्चालन गरिने भएको छ । अभियानअन्तर्गत लामखुट्टेको वासस्थान हुने पानी जमेको टायर, खाल्डाखुल्डी सरसफाइ गरी लार्भाको नष्ट गर्ने कार्य गरिने चन्दले बताए ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?