चीनले बनायो चन्द्रमामा प्रयोग गर्न मिल्ने इट्टा

लोकपथ
91
Shares

बेइजिङ । चिनियाँ वैज्ञानिकहरूले चन्द्रमामा प्रयोग गर्न सकिने इट्टा बनाएका छन् । यो इट्टा हुआचोङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीमा रहेको नेशनल डिजिटल टेक्नोलोजी इनोभेशन सेन्टरका विज्ञहरूको टोलीले बनाएको हो । यी इट्टाको संरचना एसेम्बल गर्न सजिलो हुने गरी बनाइएको छ । 

चन्द्रमामा मानव बस्ती बसाल्नेबारे चीनले ठुलै योजना बनाएको छ । यो कुरा कसैसँग पनि छिपेको छैन । यो वर्षको सुरुमा चीन चन्द्रमाको अँध्यारो हिस्सामा अनुसन्धान गरेर त्यहाँको बहुमूल्य माटोको नमुना ल्याउने पहिलो देश बनेको थियो । 

यी इट्टा साधारण इट्टाको तुलनामा तीन गुण बढी बलियो छ । अर्थात् एक वर्ग सेमीमा यसले एक टनभन्दा बढीको तौल भार सहन सक्छ । यो इट्टाले चन्द्रमामा पर्ने ब्रहाण्डीय विकिरणको प्रभाव सहन सक्छ कि सक्दैन भनेर पनि हेरिनेछ । 

चीनले तियानचाउ–८ कार्गो अन्तरिक्षयानमा यी इट्टालाई चन्द्रमामा पठाउनेछ । त्यसअघि भने इट्टा चन्द्रमामा संरचना निर्माणका लागि सुहाउँदो छन् कि छैनन् भन्ने पत्ता लगाउन यसमाथि व्यापक परीक्षण गरिनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?