फिलिपिन्समा भएको विवादमा ११ जनाको मृत्यु

लोकपथ
49
Shares

काठमाडौं । दक्षिणी फिलिपिन्समा सशस्त्र विद्रोही समूहका लडाकुबीच भएको विवाद तथा लडाइमा कम्तीमा ११ जनाको मृत्यु भएको  छ । 

सञ्चार माध्यमाका अनुसार फिलिपिन्सको विद्रोही समूह मोरो इस्लामिक लिबरेसन फ्रन्ट (एमआइएलएफ) का सदस्यहरूबीच मागुइन्दानाओ डेल सुर प्रान्तको दुर्गम गाउँमा बुधबार दिउँसो भएको झडपमा उनीहरूको  मृत्यु भएको हो । 

अधिकारीहरूको अनुसार उक्त गाउँ वरिपरि बसोबास गर्ने दुई हजार बासिन्दा लडाइका क्रममा ज्यान बचाउन आफन्तहरूकोमा आश्रय लिन बाध्य भएका छन् ।  

दशकौँदेखि क्याथोलिक बहुल फिलिपिन्स मुस्लिम नेतृत्वको पृथकतावादी विद्रोहसहित हिंसात्मक विद्रोहबाट ग्रस्त छ । विद्रोहमा एक लाखभन्दा बढी मानिसले अकालमै ज्यान गुमाएका छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?