यी प्रदेशमा आज वर्षा र हिमपातको सम्भावना

लोकपथ
189
Shares
rain flows down from a roof down

काठमाडौं । देशका केही भू-भागमा आज वर्षा र हिमपातको सम्भावना छ । पहाडी भू-भागमा वर्षा तथा उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

विभागले दिउँसो पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागले राति पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

हाल देशभर पश्चिमी वायु र पहाडी भू-भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?