शिक्षासेवी शर्माको निधन, भोलि अन्त्येष्टि गरिने

लोकपथ
189
Shares

काठमाडौं । शिक्षासेवी चैतन्य शर्माको ७३ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि नशासम्बन्धी र अक्सिजन मात्रा कम हुने समस्याबाट पीडित शर्माको बिहीबार दिउँसो ४ः३० बजे चाबहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा निधन भएको डा देवराज अर्यालले जानकारी दिए ।

 हाल  उनको शव अस्पतालमै राखिएको छ । उनको शनिबार बिहान ९ बजे पशपुति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । शर्माका एक श्रीमती, दुई छोरा र एक छोरी छन् ।  

प्राध्यापक चिरञ्जीवी शर्माले एक वर्षअघि नेपालमा उपचार गर्दा निको नभएपछि भारतको दिल्लीमा स्वास्थ्य परीक्षण गर्नुभएका शर्माको केही समय मेडिसिटी अस्पतालको आइसियु कक्षमा राखी उपचार गरेको बताए ।

उनको शरीरमा पुनःअक्सिजनको मात्रा कमी भएपछि उपचारका लागि ओम अस्पताल लगिएको थियो ।

शर्मा त्रिभुवन विश्वविद्यालयमा सहप्राध्यापक थिए । उनले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको अध्यक्षका रूपमा काम गरेका थियो । यसै गरी शर्माले मदन भण्डारी मेमोरियल क्याम्पसको प्रमुख भएर पनि काम गरेका थियो । 

 उनले नेपाल प्रगतिशील प्राध्यापक संगठनको संस्थापक महासचिवसमेत रहेका थिए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?