काठमाडौं । काठमाडौंको चन्द्रागिरी र नागार्जुनबाट अवैध लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।
चन्द्रागिरी नगरपालिका–२ बाट अवैध लागुऔषध जस्तो देखिने पदार्थ ३ सय ६० ग्रामसहित एक जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका–८ बस्ने १७ वर्षीय किशोर रहेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरी टोलीलेले पालुङबाट काठमाडौंतर्फ आउँदै गरेको ना.४ ख ४१०१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित बिहीबार बिहान पक्राउ गरेको हो ।
यसैगरी नागार्जुन नगरपालिका–५ हलचोक चौतारा नजिक डेरा गरी बस्ने धादिङ सिरानचोक गाउँपालिका–४ घर भएकी ३७ वर्षीया चमेली ग्याल्वा तामाङलाई अवैध लागुऔषध गाँजा करिब ४ किलो ४ सय ग्राम र पोल्याण्ड २ किलो २ सय ग्रामसहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया