कीर्तिपुर नगरपालिकाको प्रमुखका लागि एमालेबाट मानन्धर सर्वसम्मत उम्मेदवार

लोकपथ
7
Shares

काठमाडौं । नेकपा एमालेले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकामा मेयरको उम्मेदवार टुंगो लगाएको छ ।

एमालेले कीर्तिपुरको मेयरका लागि डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

उनी नेकपा एमालेको केन्द्रीय सदस्य समेत हुन् । उनलाई आज एमालेले सर्वसम्मत मेयर बनाउने निर्णय गरेको हो ।

अन्य दलहरुले उम्मेदवारको टुंगो लगाउनेबारे छलफल गरिरहेका छन् ।

गत निर्वाचनमा कीर्तिपुर नगरपालिकाका मेयरमा नेपाली कांग्रेसका राजकुमार नकर्मी निर्वाचित भएका थिए । उनको गत साउन ११ गते निधन भएसँगै कीर्तिपुरमा उपनिर्वाचन हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?