राष्ट्र बैंकका कार्यकारी निर्देशक घिमिरेको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

लोकपथ
238
Shares

काठमाडाैं । नेपाल राष्ट्र बैंकका  कार्यकारी निर्देशक तुलसी प्रसाद घिमिरेको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । 

काठमाडौंबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश ०२६च५०६२ नम्बरको हुण्डाई क्रेटा गाडीले उदयपुरको बेल्टार बजार नजिकै पुलछेउमा प्रदेश–१ १०५००१प ८८४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक तिलक राईको मृत्यु भएका बेल्टार प्रहरी इन्स्पेक्टर बबिन राईले जानकारी दिए ।

 प्रहरीको अनुसार मोटरसाइकलको पछाडि बस्ने  शरण राईको अवस्था पनि गम्भीर रहेको छ । घाइते भएका  राईको उदयपुरमा उपचार हुन नसकेपछि  विराटनगर पठाएको  छ । कार्यकारी निर्देशक घिमिरे राष्ट्र बैंकका गाडी लिएर तिहार बिदामा  रमाइलो मनाउन हिँडेका थिए ।  

दुर्घटना बाट मोटरसाइकल र गाडी दवैमा  क्षति पुगेको इन्स्पेक्टर राईले जानकारी दिए ।  थप अनुसन्धान र कारबाहीका लागि प्रहरीले सवारी चालक वासुदेव सापकोटा र मोटरसाइकललाई नियन्त्रणमा लिएको इन्स्पेक्टर राईले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?