काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तिहार तथा नेपाल संवत् ११४५ ले आपसी सद्भाव, सहिष्णुता र सुदृढ राष्ट्रिय एकताका निम्ति उत्प्रेरित गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
अध्यक्ष दाहालले नेपालीको विशेष पर्व तिहार एवं नेपाल संवत् ११४५ शुभारम्भको अवसरमा आज शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं प्रगतिको कामना गर्दै उक्त शुभकामना व्यक्त गरेका हुन् । उनले यस पर्वले पारिवारिक मिलाप, सामाजिक, सांस्कृतिक सद्भाव र राष्ट्रिय एकता सुदृढ गर्नेसमेत विश्वास लिएको लिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया