राष्ट्रपति रामचन्द्र पौडेलले लगाए टीका

लोकपथ
28
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा तिहारको टीका लगाएका छन् । बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट राष्ट्रपति पौडेलले तिहारको टीका लगाएका छन् ।

राष्ट्रपति पौडेलले राष्ट्रपति भवनमा टीका लगाएका हुन । नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले आज भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा रहेको जनाएको थियो ।

यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका हो । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाएर मनाइँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?