काठमाडौं । मुस्ताङको एक रेस्टुरेन्टमा तास खेलिरहेको अवस्थामा प्रहरीले साढे ८ लाख रुपैयाँ नगदसहित १२ जनालाई पक्राउ गरेको छ ।
घरपझोङ गाउँपालिका–२ मार्फास्थित फिरोज लालचनको माउन्ट भिल्ला एण्ड रेस्टुरेन्टबाट आइतबार राति उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीले उनीहरूको साथबाट ८ लाख ५२ हजार ८०० नगदसहित ८ बुक ताससमेत बरामद गरिएको जनाएको छ । पक्राउ पर्नेमा मुस्ताङ घरपझोङ गाउँपालिका–२ मार्फा बस्ने ५० वर्षीय सुरज लालचन, ५६ वर्षीय राजु लालचन, ५० वर्षीय जेम्स हिराचन, ५३ वर्षीय गुन्ज हिराचन, ६० वर्षीय दलबहादुर हिराचन, ५० वर्षीय विश्व लालचन, पोखरा महानगरपालिका–९ स्थायी घर वतन भई हाल जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका–२ बस्ने ५९ वर्षीय आइत ज्वारचन छन् ।
यसैगरी पक्राउ पर्ने अन्यमा मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फा बस्ने ३८ वर्षीय समिर ज्वारचन, सोही ठाउँ बस्ने ५० वर्षीय कविन ज्वारचन, ६५ वर्षीय यामप्रसाद मगर, ४० वर्षीय सन्तोष लालचन र पोखरा महानगरपालिका–९ स्थायी घर वतन भई हाल जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका–२ बस्ने ६० वर्षीय कमल हिराचन छन् ।
आज सार्वजनिक बिदा भएकाले पक्राउ परेकाहरूलाई मंगलबार म्याद थप गरेर थप अनुसन्धान गरिने जिल्ल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी गणेश सुवेदीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया