काठमाडौं । जुवातास खेलिरहेको अवस्था प्रहरीले काठमाडौंबाट सोमबार २० जनालाई पक्राउ गरेको छ ।
बौद्ध रामहिटि रामनगर पार्टी प्यालेस नजिकै रहेको राम बहादुर सुनारको घरमा पैसाको हारजित हुने गरी जुवातास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट नगद ६ लाख ६८ हजार ८ सय ९० रुपैयाँ र ९ बुक ताससमेत बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी नवराज अधिकारीले बताए ।
पक्राउ पर्नेमा काठमाडौं नगरपालिका–६ रामहिटी बस्ने ४३ वर्षीय सुर्य भन्ने राम बहादुर सुनार, सोही ठाउँ बस्ने ४० वर्षीय सुमेश लामा, मकवानपुर घर भई हाल काठमाडौं बस्ने ३६ वर्षीय चिन कुमार, मोरङ घर भई हाल मैतीदेवी बस्ने ३७ वर्षीय सन्तोष कालिकोटे, कपन बस्ने ४७ वर्षीय सुनिल बानिया,कपनकै ५० वर्षीय कृष्ण भुजेल, भक्तपुर बस्ने ३४ वर्षीय प्रेम गहतराज, कपन बस्ने ४१ वर्षीय लाल बि.क र ३४ वर्षीय कृष्ण बि.क रहेका छन् ।
त्यसैगरी काभ्रेस्थली बस्ने ३४ वर्षीय कृष्ण बि.क, कपन बस्ने ४२ वर्षीय भीम बराइली, ३८ वर्षीय बिर बहादुर मगर, मुलपानी बस्ने ४३ वर्षीय कृष्ण बहादुर बुढाथोकी, दक्षिणढोका बस्ने ४४ वर्षीय पूर्ण बहादुर सेन्चुरी, कपन बस्ने ४३ वर्षीय दिपेन सुनार,ललिपुर बस्ने २५ वर्षीय रोशन सुनार, बौद्ध बस्ने ४० वर्षीय विजय कुमार पण्डित, तिनचुली बस्ने २७ वर्षीय तेन्जिङ लामा,ठिमी बस्ने ३६ वर्षीय गुणराज बि.क कीर्तिपुर बस्ने २७ वर्षीय अनिल बि.क र कागेश्ररी बस्ने २९ वर्षीय नारायण बि.क रहेका छन् ।
पक्राउ पश्चात् उनीमाथि प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धानकाे कार्य भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया