गुहेश्वरीमा छठ पर्वको तयारी सुरु (फोटोफिचर)

लोकपथ
63
Shares

काठमाडौं । पशुपति क्षेत्रस्थित गुहेश्वरीमा छठ पर्वको तयारी सुरु भएको छ । गुहेश्वरी छठ पूजा समितिले बाँस गाड्ने, घाट सजावट र निर्माणलगायतका काम सुरु गरेको हो ।

विशेषगरी तराईमा जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइने छठ पर्व पछिल्लो समय उपत्यका र पहाडी क्षेत्रहरुमासमेत मनाउन थालिएको छ।

चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चल भरि धुमधामका साथ मनाइँछ ।

छठपर्वका अवसरमा सहरी एवम् ग्रामीण क्षेत्रमा रहेका विभिन्न पोखरी, तलाउ तथा प्रसिद्ध नदी तथा नहरको किनारमा अर्घ्य चढाउने गरिन्छ । छठ पर्व सत्य तथा अहिंसाप्रति मानवको रुचि बढाउन र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वका रुपमा मनाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?