भारतको उत्तराखण्ड बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३६ पुग्यो

लोकपथ
266
Shares

भारतको उत्तराखण्डस्थित मार्चुलामा सोमबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३६ पुगेको छ । उत्तराखण्ड राज्यको अल्मोडा जिल्लाको मार्चुला क्षेत्रमा सोमबार बिहान ८ः३० बजे दुर्घटना भएको हो।

प्रहरीकाअनुसार पर्यटकीय क्षेत्र मार्चुलामा भएको उक्त बस दुर्घटनामा ३६ जनाको मृत्यु भएको छ भने अन्य केही व्यक्ति घाइते भएका छन् । दुर्घटनामा घाइतेमध्ये गम्भिर तीन जनालाई हवाई उद्धार गरी देहरादून लगिएको भारतीय संचार माध्यमले जनाएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाका कारण आफ्ना प्रियजन गुमाएकाप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। प्रधानमन्त्रीको कार्यालयबाट जारी विज्ञप्तिमा मृतकका परिवारलाई दुई लाख भारतीय रुपैयाँ र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ सहयोग स्वरूप दिने जनाएको छ।

यसैगरी, उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले अल्मोडामा भएको उक्त बस दुर्घटनाबारे अनुसन्धान गर्न निर्देशन दिइसकिएको बताएका छन्।

भारतको पहाडी इलाकामा हरेक वर्ष दुर्घटनाका कारण सयौँको अकालमा ज्यान जाने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?