उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

लोकपथ
175
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहि देशका पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेश लगायत बागमती प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै र बाँकी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यस्तै आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एकदुइ स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?