काठमाडौं । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन टूको खेलमा स्कटल्यान्डसँग अंक बाँडेका छ ।
सोमबार भएको खेलमा नेपालले ६ ओभरमा २६ रन बनाएर १ विकेट गुमाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको हो ।
नेपालका ओपनर अनिल शाह १९ बलमा १० रन बनाएर आउट भएका थिए । पहिलो ओभरको समाप्तिमा पनि लामो समय खेल रोकिएर सुरु भएको थियो ।
स्कटल्यान्डसँगको १ अंकसहित नेपालले त्रिदेशीय शृङ्खलामा ३ अंक जोडेको छ । डिभिजन टुको अंक तालिकामा नेपाल १२ खेलमा ६ अंकसहित सातौँ स्थानमा छ ।
तालिकामा अमेरिका र क्यानडा १२ खेलमा १६ अंकसहित पहिलो र दोस्रो स्थानमा रहेका छन् ।
स्कटल्यान्डको ११ खेलमा १४ तथा नेदरल्यान्ड्सको ९ खेलमा १२ अंक छ । नामिबियाको १२ खेलमा १० अंक छ । ओमानको ९ खेलको ८ अंक छ । पुछारमा रहेको संयुक्त अरब इमिरेट्सको ९ खेलमा ४ अंक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया