कस्तो छ स्थानीय तहमा स्वास्थ्य बीमाको अवस्था ?

लोकपथ
84
Shares

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले आफ्नो चार वर्षे कार्यकालमा गरेका महत्त्वपूर्ण उपलब्धिहरू सार्वजनिक गरेका छन् । 

मंगलबार बोर्डको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै बसौलाले नीतिगत, प्रशासनिक, बीमा दाबी सूचना प्रविधि र सेवा प्रदाय स्वास्थ्य संस्थाहरुको व्यवस्थापनसम्मका उत्कृष्ट कामहरु गरेको दाबी गरेका छन् । 

२०७७ सालमा कार्यकारी निर्देशक बनेका बसौलाको कार्यकाल यही महिनाको २५ गतेदेखि समाप्त हुने भएको छ । उनले नागरिकहरूलाई सरल र सहज रूपले स्वास्थ्य सेवा दिन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । 

कार्यकारी निर्देशक बसौलाले आफ्नो कार्यकालमा स्वास्थ्य बीमा ऐन, २०७४ र नियमावली २०७५ बाहेक अन्य कुनै कानुनी दस्ताबेज नभएको कारण कार्य गर्न कठिनाइ भएको भएर स्वास्थ्य बीमा ऐनले दिएको अधिकारका आधारमा १८ वटा कार्यविधि बनाएका छन् ।

साथै, सेवा प्रदायक स्वास्थ्य संस्थालाई गरिएको भुक्तानी स्वास्थ्य बीमा बोर्डको वेभसाईटमा प्रकाशित गर्ने, बोर्डका निर्णयहरू वेबसाइटमा राख्ने र बसौलाले आफ्नो ४ वर्षे कार्यकालमा ७७ जिल्लाको ७५३ वटा स्थानीय तहहरूमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

नागरिकलाई सहज होस् भन्ने उद्देश्यले डिजिटल कार्डहरू मार्फत पनि बीमितहरुलाई सेवा प्रदान गर्ने व्यवस्था गरिएको बसौलाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?