त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलोभन्दा बढी सुनसहित ३ जना विदेशी नागरिक पक्राउ

लोकपथ
77
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार साँझ ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक जियानझोङ र म्यानमारका सातनाइनटुङ र इन ङोन फू छन् ।


एयर अरेबियाको उडान नं. जी ९५३० बाट शारजाहबाट काठमाडौं आएका उनीहरुलाई भन्सार ब्यागेज क्षेत्रमा पुनः जाँच गर्ने क्रममा लगेजभित्र राखिएको १२ थान स्पिकरमा लुकाइराखेको अवस्थामा सुनसहित पक्राउ गरिएको हो ।


उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेशको संयुक्त टोलीले निन्त्रणमा लिएको हो ।


नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखिएको सशस्त्र प्रहरी सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?