काठमाडौं । बाँकेमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–२ बर्दहवा बस्ने २४ वर्षीय संदिप कुमार थारू रहेका छन् ।
थारूले ती किशोरीलाई कात्तिक १९ गते राति सोही ठाउँस्थित खेतमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी बिट कौशिलानगर र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार राति पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया