कोशी प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री अधिकारी राजीनामा दिँदै, महंगो भयो जापान भ्रमण

लोकपथ
245
Shares

विराटनगर । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीलाई अनुमति नलिइकन गरिएको जापान भ्रमण महंगो पर्ने देखिएको छ ।

टोकियो महानगरको आयोजनामा भएको कार्यक्रममा भाग लिन कात्तिक १३ गते जापान गएका उनी फर्किएलगत्तै बढेको विवाद उनले राजीनामा दिनुपर्ने अवस्थासम्म आइपुगेको छ । मन्त्रिपरिषद्बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषय विवादमा परेपछि उनले आज बुधबार राजीनामा दिन लागेका छन् ।

मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने र विदेश भ्रमणको सहमतिका लागि परराष्ट्र मन्त्रालयमा लेखिपठाउँदा प्रदेश मन्त्रिपरिषद्को निर्णय सहित पठाउनुपर्ने व्यवस्था छ । तर मन्त्री अधिकारी मन्त्रीपरिषद्को निर्णयविपरीत जापान पुगेका थिए ।

राजीनामा दिनुअघि उनले पत्रकार सम्मेलन गर्दैछन् । अधिकारीले नैतिकतामा आधारमा राजीनामा दिन लागेको उनी निकट स्रोतले बताएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले पनि अधिकारीले राजीनामा दिन लागेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?