आफूलाई विजयी घोषणा गर्दै ट्रम्पले भने– ‘अमेरिकाले अभूतपूर्व र बलियो जनादेश दियो’

लोकपथ
336
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा जितको नजिक पुगेपछि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले आफूलाई अमेरिकाले अभूतपूर्व र बलियो जनादेश दिएको बताएका छन् ।

अमेरिकामा मतगणनाको अन्तिम परिणाम आउन बाँकी नै छ । तर नोर्थ क्यारलाइना, जोर्जा र पेन्सिल्भेनिआजस्ता ‘स्विङ स्टेट’ आफ्नो पक्षमा आउने देखिएपछि डोनल्ड ट्रम्पले आफू विजयी भएको घोषणा गरेका छन् ।

त्यस्तै सिनेटमा समेत आफूहरुलाई बलियो बहुमत दिएपछि ट्रम्पले आफूहरुले अभूतपूर्व र बलियो जनादेश पाएको दाबी गरेका हुन् ।

उनले आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै ट्रम्पले भनेका छन्, ‘अमेरिकाले हामीलाई अभूतपूर्व र बलियो जनादेश दिएको छ ।’

त्यस्तै उनले आगामी कार्यकालमा सीमा व्यवस्थापन गर्ने र देशलाई विभाजनको पीडाबाट मुक्त गराउने समेत प्रतिबद्धता व्यक्त गरे ।

उनले आफ्नी श्रीमति मेलानियाका साथै परिवारका सदस्यहरूलाई समेत धन्यवाद दिएका छन् । उनले समर्थकहरूलाई गरेको सम्बोधनलाई आफ्नो विजय भाषणको रूपमा प्रयोग गरेका छन् ।

मतपरिणामको आधिकारिक घोषणा भइसकेको छैन तर निर्वाचन परिणामका प्रक्षेपणहरूले ट्रम्प जितको नजिक पुगेको जनाइरहेका छन् ।

ट्रम्प दोस्रोपटक अमेरिकाको राष्ट्रपति बन्ने संघारमा पुगेका हुन् । उनी यसअघि सन् २०१६ मा अमेरिकी राष्ट्रपति बनेका थिए । सन् २०२० मा ट्रम्प प्रतिष्पर्धामा आए पनि जो बाइडेनसँग पराजित भएका थिए । दुईपटक राष्ट्रपति बन्न पाइने अमेरिकी कानुनका कारण ट्रम्प दोस्रोपटक राष्ट्रपति बन्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?