ट्रम्पलाई बधाई दिँदै नेतान्याहूले भने– ‘दुई देशको बलियो गठबन्धन हुनेछ’

लोकपथ
623
Shares

काठमाडौं । दोस्रो पटक अमेरिकाको राष्ट्रपति बन्न लागेको डोनाल्ड ट्रम्पलाई विश्वभरबाट बधाई आउन थालेको छ ।

केही स्वीङ स्टेटहरुमा समेत ट्रम्पले जित हासिल गरेपछि उनी जितको पक्का दाबेदार भएका छन् ।

ट्रम्पले जित्ने भएसँगै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बधाई दिएका छन् ।

उनले इतिहासको सबैभन्दा ठूलो पुनरागमन भएको भन्दै बधाई भनेका छन् ।

ट्रम्पको ह्वाइट हाउसको पुनरागमनले अमेरिकामा नयाँ सुरुवात र दुई देशबीचको गठबन्धन राम्रो हुने समेत विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?