काठमाडौं । तिहारपछिको दोस्रो कारोबार दिन बुधबार (आज) पनि शेयर बजारमा सामान्य अंकको गिरावट आएको छ ।
आज शेयर बजार मापक नेप्से परिसूचक १ दशमलव ८८ अंकले गिरावट आउँदा बजार २ हजार ६ सय ७५ दशमलव ५१ बिन्दुमा रोकिएको छ । त्यस्तै आज कुल ५ अर्ब २२ करोड, २४ लाख ८६ हजार ८ सय ५१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै आज कुल १ करोड १६ लाख ८ सय ६९ कित्ता बराबरको कारोबार हुँदा १२१ वटा कम्पनीको शेयर मूल्य बढेको छ । त्यसो त ११७ कम्पनीको शेयर मूल्य घट्दा ६ वटा कम्पनीको शेयर मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।
आज बजार घट्दा पनि नारायणी डेभलपमेन्ट बैंक, बलेफी हाइड्रोपावर कम्पनी, पिपुल्स हाइड्रोपावर कम्पनी, सिद्धार्थ फाइनान्स लगायत कम्पनीका लगानीकर्ताहरुले धेरै कमाएका छन् । यता नेपाल फाइनान्स, कुथेली भुखारी स्मल हाइड्रोवापर, समाज लघुवित्त वित्तीय संस्था, युनाइटेड मोदी हाइड्रोपावर लगायत कम्पनीको लगानीकर्ताहरुले धेरै गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया