काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुका लागि यती एयरलाइन्सको टिकट खरिदमा निश्चित क्यासब्याक अफर योजना सार्वजनिक भएको छ ।
उक्त क्यासब्याक अफर योजनाअनुसार ग्लोबल आइएमई बैंकको मोबाइल बैकिंक ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरुले यती एयरलाइन्सको हवाई टिकटको खरिदमा निश्चित ५ सय क्यासब्याक पाउने बैंकले जनाएको छ ।
बैंकका ग्राहकहरु तथा ग्राहक परिवारका सदस्यहरुले ग्लोबल स्मार्ट प्लसबाट यती एयरलाइन्सको टिकट बुक गर्दा/काट्दा ‘FLYYETI’ प्रोमो कोड प्रयोग गरी ५ सय क्यासब्याक पाउनेछन् । यसका साथै ग्राहकहरुले यो प्रोमो कोड ३ पटकसम्म प्रयोग गर्न सक्नेछन् । यो क्यासब्याक योजना नोभेम्बर २९ सम्म रहने छ ।
ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया