कामना सेवा विकास बैंक र दुसित थानी हिमालयन रिसोर्टबीच सम्झौता

लोकपथ
91
Shares

काठमाडौं । कामना सेवा विकास बैंक र धुलिखेल काभ्रेस्थित दुसित थानी हिमालयन रिसोर्टबीच सम्झौता भएको छ । बैंक र रिसोर्टबीच बैंकका कर्मचारी र ग्राहकलाई रिसोर्टमा उपलब्ध सेवामा छुट दिने सम्बन्धमा सम्झौता भएको हाे ।

उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत हरि प्रसाद लम्साल र  रिर्सोटका तर्फबाट होटल म्यानेजर अनिरुध चौधरीले हस्ताक्षर गरेका हुन् । 

यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले रेस्टुरेन्टको मेनुमा, देवाराना वेल्नेस स्पामा तथा स्विमंग पुल, जकुजी, स्टीम र सउनामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?