काठमाडौं । डोनाल्ड ट्रम्प अमेरिकाको ४७औँ राष्ट्रपतिमा निर्वाचित भएका छन् ।
पछिल्लो मत परिणाम अनुसार ट्रम्पले २६९ इलेक्ट्रोरल मत पाएका छन् भने उनको निकटतम प्रतिद्धन्दी कमला ह्यारिसले २२३ मात्रै इलेक्ट्रोलर भोट पाएकी हुन् ।
अमेरिकाको राष्ट्रपति निर्वाचनमा राष्ट्रपति बन्नका लागि २७० इलेक्ट्रोरल भोट आवश्यक पर्छ, तर ट्रम्पको २७९ इलेक्ट्रोरल भोट पुगेसँगै उनी निर्वाचित भएका हुन् । यद्यपि त्यहाँको निर्वाचन आयोगले औपचारिक रुपमा घोषणा गर्न भने बाँकी छ ।
त्यसो त यसअघि सन् २०१६ मा ट्रम्प पहिलोपटक राष्ट्रपति बनेका थिए । तर सन् २०२० मा भने उनी डेमोक्र्याटिक उम्मेदवार हालका राष्ट्रपति जो बाइडेनसँग पराजित हुन पुगेका थिए । अहिलेको निर्वाचनमा डेमोक्र्याटिक उम्मेदवारको रुपमा उपराष्ट्रपति कमला ह्यारिस चुनावी मैदानमा रहँदा रिपब्लिकनका तर्फबाट ट्रम्प उम्मेदवार थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया