छठको शुभकामना दिँदै ओलीले भने– ‘सबैको अस्तित्व सूर्यसँग जोडिएको छ’

लोकपथ
77
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छठ पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेख्दै सूर्यको उपासना गरी मनाइने पर्व भएको स्मरण गर्दै सूर्य बिना प्रकृति, मानिस र अन्य जीवहरुको अस्तृत्व सूर्यसँग रहेको बताए ।

‘सूर्यको उपासना गरी मनाइने छठ पर्व, आज । प्रकृति, मानिस र अन्य जीवहरूको अस्तित्व सूर्यसँग जोडिएको छ,’ उनले भनेका छन् ।

प्रधानमन्त्री ओलीले हाम्रा पुर्खाहरुले प्राचिन समयदेखि नै सूर्यलाई आदिदेवका रुपमा पूजा गर्दै आएको बताउँदै उनले भने, ‘सूर्यलाई ग्रहहरूले गर्ने परिक्रमाबाट नै समयको माप सुरु भयो । हाम्रा पुर्खाहरूले प्राचीन समयदेखि नै सूर्यलाई आदिदेवका रूपमा पूजा गर्दै आएका छन् ।’

आज छठ पर्वको मुख्य दिन तराईका जिल्लाहरुमा मात्र होइन काठमाडौं लगायत विभिन्न पहाडी जिल्लाहरुमा समेत छठ मनाइँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?