अमेरिकामा ‘बुढी बोक्ने प्रतियोगिता’, प्रथम हुनेलाई तौल बराबरको बियर

लोकपथ
1.1k
Shares

काठमाडौं । तपाईँलाई सुन्दा अचम्म लाग्न सक्छ । तर दक्षिण अमेरिकामा प्रत्येक वर्ष वाइफ क्यारिङ च्याम्पियनसिप अर्थात् बुढी बोक्ने प्रतियोगिता हुन्छ ।

१९औँ शताब्दीका एक लुटेरा समूहको शैलीको प्रभावमा उक्त प्रतियोगिता आयोजना हुने गर्दछ । रेन्केइनन द रबर नामक फिनल्याण्डका एक लुटेरा समूहले त्यहाँको कुनै गाउँमा लुट्ने र महिलाहरुलाई समेत काँधमा बोकेर लैजाने गर्दथ्यो । सोही शैलीमा प्रत्येक वर्षहरुमा बुढी बोक्ने प्रतियोगिता आयोजना गरिन्छ । यस वर्ष पनि उक्त प्रतियोगितामा ३० जोडी सहभागी भएका छन् ।

धेरै दर्शकहरुकाबीच उक्त प्रतियोगितामा पुरुषहरुले आफ्नो श्रीमतीलाई काँधमा बोकेर हिँड्ने गर्दछन् । उनीहरुले श्रीमतीलाई काँधमा आलूको बोरा बोकेझैँ काठको मुढा नाघ्दै, पानीको आहाल पार गर्ने गर्दछन् । २५४ मिटर दुरीमा श्रीमती बोकेर अफ्ठयारो बाटो पार गर्न सक्ने व्यक्तिले नै उक्त प्रतियोगिता जित्न सक्नेछ ।

उक्त प्रतियोगिता जित्नेलाई पुरस्कार भने श्रीमतीको तौल बराबरको बियर र तौलको ५ गुणा बराबर नगद पुरस्कार समेत दिने गरिन्छ । उक्त प्रतियोगिता हेर्न प्रत्येक वर्ष धेरै मानिसहरुको उपस्थिती हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?