काठमाडौं । मोरङमा प्रहरीले जुवातास खेलिरहेको अवस्थामा २० जनालाई बुधबार राति पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–६ विशाल देवान राईको घरमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका हुन् ।
महानगरपालिका–२ बस्ने ३६ वर्षीय विमल मण्डलसमेत १२ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले नगद ५४ हजार ७ सय १० रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।
यसैगरी मोरङकै कटहरी गाउँपालिका–२ स्थित प्रभु कुमार साहको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका–२ बस्ने ३२ वर्षीय सरोज ठाकुर समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख १९ हजार ५ सय नेपाली रुपैयाँ, ४ हजार ६ सय भारतीय रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया