उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकियो छठ

लोकपथ
21
Shares

काठमाडौं । यस वर्षको छठ पर्व सकिएको छ । आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ शुक्रबारबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकिएको हो ।

छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि तराईका जिल्लाका विभिन्न नदी, तलाउ र पोखरीसँगै काठमाडौं उपत्यका लगायतका क्षेत्रका नदी नदी तलाउ र पोखरीमा रातभर जाग्राम बसी शक्रबार बिहान अर्घ दिएसँगै छठ सकिएको हो ।

छठको मुख्य दिन बिहीबार अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अर्घ दिएका भक्तजनले बिहीबार बिहान उदाउँदो सूर्यको पूजा आराधना गरेपछि छठ समापन भएको हो ।

बुधबार सरकारले देशभर सार्वजनिक बिदा दिएको थियो । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाइन्छ ।

अब छठीमातालाई लगाइएको प्रसाद आफन्तजनकहाँ लैजाने परम्परा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?