पाइप गाड्दा करेन्ट लागेर सिस्नेरी बेस क्याम्पका एक सैनिकको मृत्यु, दुई घाइते

लोकपथ
504
Shares

काठमाडौं । मकवानपुरस्थित सडक निर्माण कार्यदल सिस्नेरी बेस क्याम्पमा कार्यरत एक सैनिकको करेन्ट लागेर मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । पाइप गाड्ने क्रममा पाइपमाथि रहेको बिजुलीको तारलाई छुँदा यस्तो अप्रिय घटना भएको हो ।

प्रहरीका अनुसार करेन्ट लागेर मृत्यु हुनेमा सोही बेस क्याम्पमा कार्यरत डडेलधुरा गन्यापधुरा गाउँपालिका–१ का लेसनायक २९ वर्षीय पदमबहादुर दियाल छन् । उनको घटनास्थलमै मृत्यु भएको थियो ।

करेन्ट लागेर पाल्पाको रामपुर नगरपालिका–६ घर भई हाल सिस्नेरी बेस क्याम्पमा कार्यरत सिपाही २१ वर्षीय युवराज कुमाल र डडेलधुराको अमरगढी नगरपालिका–२ घर भई हाल सिस्नेरी बेस क्याम्पमा कार्यरत लेसनायक २९ वर्षीय विनोद केसी घाइते भएका छन् । घाइतेहरूको नेपाली सेनाको अस्पताल छाउनीमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?