महानगरपालिका भित्रका सम्पदाहरुलाई विकासको नाममा विनास गर्न हुँदैन : मेयर महर्जन

लोकपथ
63
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको निम्ति (बीईईएन) परियोजनाले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् । 

शुक्रबार बसेको नेपालमा बिल्डिङ इनर्जी इफिसिएन्सी (बीईईएन) परियोजनाको विस्तृत बैठकलाई सम्बोधन गर्दै उनले महानगरपालिकाको निम्ति बीईईएनको बैठकले कार्यदिशा निर्धारण हुने गरी टेक्निकल पेपरको तयारी गनुपर्ने बताएका हुन् ।

उनले भने, ‘ललितपुर महानगरपालिकाको निम्ति  बीईईएन परियोजनाले महत्त्वपूर्ण भूमिका खेल्ने छ । आजको यो वर्कशपबाट निश्चित तवरले ललितपुर महानगरपालिकाको निम्ति र यो क्षेत्रको लागि प्रस्ट हुने गरी एउटा कार्यदिशा निर्धारण हुने गरी एउटा टेक्नीकल पेपरको तयारी होस् । हामीले त्यो पेपरलाई विधिपूर्वक कार्यान्वयन गर्ने छौँ ।’

साथै, उनले कुनै पनि काम गर्दा बटम लाइन निष्कर्ष निकाल्नुपर्ने बताए । उनले   महानगरपालिका भित्र रहेका सम्पदाहरूलाई विकासको नाममा विनास गर्न नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?