सर्वोच्चका प्रस्तावित दुई न्यायाधीश समितिबाट अनुमोदित

लोकपथ
56
Shares

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ । शुक्रबार बसेको समितिको बैठकले प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

सर्वोच्चका लागि प्रस्तावित दुई न्यायाधीशमध्ये उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौलाको सम्बन्धमा समितिमा दुई वटा उजुरी परेका थिए । सर्वोच्च अदालतको भवन निर्माणका क्रममा भ्रष्टाचार भएको विषयमा उनीमाथि उजुरी परेको भए पनि समितिले सुनुवाइपछि सर्वसम्मतिबाट निरौला र पाण्डेको नाम अनुमोदन गरेको हो ।

संसदीय सुनुवाइ समितिले दुई न्यायाधीशको नाम अनुमोदन गरे लगत्तै अब संवैधानिक परिषद्लाई जानकारी दिइने छ । परिषद्ले अनुमोदित न्यायाधीशको नियुक्तिका लागि राष्ट्रपतिसमक्ष पत्र लेखेपछि राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतका न्यायाधीशको नियुक्ति गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?