दुई पटक कारागारबाट भागेका व्यक्ति पक्राउ गर्न प्रहरीले चलायो गोली, ९ वर्षपछि पक्राउ

लोकपथ
1.3k
Shares

काठमाडौं । सिन्धुपाल्चोक कारागारबाट भागेका एक जना व्यक्तिलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा विनायककुमार यादव रहेका छन् । उनलाई बिहीबार राति सुनसरीको कोशी गाउँपालिका–८ पथरचट्टानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

छठ मनाउन भारतको बिहार हुँदै नेपाल आउँदै गरेको सूचना पाएपछि उनलाई पक्राउ गर्न प्रहरी टोली परिचालन गरिएको थियो । सुनसरीका एसपी सुमनकुमार तिम्सिनाले पक्राउ गर्न लाग्दा उनी भागेपछि प्रहरीले एक राउण्ड गोली चलाएको तर नलागेको बताए ।

यादवलाई कर्तव्य ज्यान तथा हातहतियार खरखजाना मुद्दामा जिल्ला अदालत सुनसरीले अपराधी ठहर गरेको थियो । अदालतले उनलाई २० वर्ष ८ महिना १४ दिनको सजाय तोकेको थियो । तर कैद भुक्तानीका क्रममा झुम्का कारागारमा रहँदा उनी २०६९ कार्तिक २३ गते सुरूङ खनेर भागेका थिए । त्यसबेला अन्य ११ जना पनि भागेका थिए । झुम्का कारागारबाट भागेका उनलाई सप्तरी प्रहरीले गोबरगाढाबाट पक्राउ गरपछि उनलाई सिन्धुपाल्चोक कारागारमा पठाइएको थियो । उनी भूकम्प गएको मौका छोपी २०७२ साल वैशाख १२ गते त्यहाँबाट पनि भागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?