नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा प्रा.डा. मोदनाथ मरहठ्ठा नियुक्त

लोकपथ
154
Shares

काठमाडौं । नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा प्राध्यापक डाक्टर मोदनाथ मरहठ्ठा नियुक्त भएका छन् । काठमाडौं विश्वविद्यालयले प्रा.डा. मरहठ्ठालाई आगामी तीन वर्षका लागि प्रिन्सिपलमा नियुक्त गरेको हो ।

विगत तीन वर्षदेखि कलेजको अस्पताल निर्देशकको भूमिकामा रहेका डा. मरहठ्ठालाई शुक्रबार कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले प्रिन्सिपल पदमा पदस्थापन गराए । कलेजमा आयोजित कार्यक्रममा अध्यक्ष प्रा.डा. अन्सारीले नवनियुक्त प्रिन्सिपललाई सफल कार्यकालको शुभकामना दिँदै नेपाल मेडिकल कलेजको शिक्षा, स्वास्थ्य र अनुसन्धानका क्षेत्रमा डा. मरह्ठाले महत्वपूर्ण योगदान दिने विस्वास व्यक्त गरे।

काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोगलगायत नेपाल सरकारका नियामक निकायहरुसँग समन्वय गर्न, कलेजको शैक्षिक र प्राज्ञिक विकासमा प्रिन्सिपलले समन्वयकारी भूमिका निर्वाह प्रिन्सिपलको महत्वपूर्ण भूमिका रहने बताउँदै अध्यक्ष प्रा.डा. अन्सारीले त्यसका लागि सबैले सकारात्मक भएर काम गर्नुपर्ने बताए।

पदस्थापन कार्यक्रममा बोल्दै नवनियुक्त प्रिन्सिपल प्रा.डा. मरहठ्ठाले नेपाल मेडिकल कलेजको शिक्षा, स्वास्थ्य र अनुसन्धानका क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेर काम गर्ने अवसर पाएकोमा धन्यवाद व्यक्त गर्दै पदीय दायित्व निर्वाह गर्ने क्रममा सबैसँग सहकार्य गरी सामुहिक सल्लाह सुझाब अनुसार अगाडी बढ्ने बताए । कलेजका अस्पताल निर्देशकका रुपमा रहेर काम गर्दा हासिल गरेको अनुभव र सिकाईलाई प्रिन्सिपलको भूमिकामा काम गर्दा उपयोग गर्दै अधिकतम कलेजको हित र श्रीवृद्धिका लागि आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्रिवि शिक्षण अस्पतालको एनेस्थेसिया विभागको प्रमुख भएर काम गरिसकेकाभएका डा. मरहठ्ठासँग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीन समेत भएर सफलतापूर्वक कार्य गरेको अनुभव छ ।

यसअघि ३ वर्ष नेपालगञ्ज मेडिकल कलेजको प्रिन्सिपल र त्रिवि शिक्षण अस्पतालको एनेस्थेसिया विभाग प्रमुख भइसकेका मरहठ्ठा एनएमसीमा ३ वर्षदेखि अस्पताल निर्देशकको भूमिकामा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?