बागलुङ–पूर्वी रुकुम सडक कालोपत्र नहुँदा समस्या 

लोकपथ
49
Shares
फाइल तस्बिर

बागलुङ ।  राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ–पूर्वी रुकुम सडक अधुरै रहेको छ । निर्माण कम्पनीले लामो समयदेखि काम नगर्दा बागलुङको निसीखोला गाउँपालिका–६ पातीहाल्ने सिमानादेखि पूर्वी रुकुमको भूमे गाउँपालिका–१ रुपगासम्मको १३ किलोमिटर सडक निर्माण सम्पन्न हुन नसकेको हो । 

विसं २०७३ जेठमा उक्त सडक कालोपत्र गर्न  सम्झौता भएको थियो । अहिलेसम्म ७० प्रतिशत मात्रै काम सकिएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय दैलेखका इन्जिनियर नवीन खरालले जानकारी दिए। विसं २०७६ जेठसम्म काम सम्पन्न गर्नुपर्ने थियो । 

इन्जिनियर खरालका अनुसार निर्माण कम्पनीको हालसम्म पाँचपटक म्याद थप गरिएको छ । अन्तिम पटक २०७९ भदौमा २०८० असारसम्मका लागि म्याद थप भए पनि त्यस यता निर्माण कम्पनीले काम नगरेको उनको भनाइ छ । म्याद सकिएको १६ महिनासम्म निर्माण कम्पनी काम गर्न नआएको इन्जिनियर खराल बताए। सडक कालोपत्र गर्न  ४२ करोड ९९ लाखमा सम्झौता भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?