काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह स्वदेश फिर्ता भएका छन् । १८ कात्तिकमा वर्ल्ड अर्बान फोरमको कार्यक्रममा सहभागी हुन इजिप्टको कायरो प्रस्थान गरेका उनी शनिबार स्वदेश फर्किएका हुन् ।
स्वदेश फर्किएसँगै विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेपालले बस्ती विकासका क्रममा भोगेका समस्या, जलवायु परिवर्तनका कारण भोगिरहेको समस्या र बस्ती विकासमा नेपालले हासिल गरेको उपलब्धिबारे संसारको ध्यानाकर्षण गराएको बताए ।
उनले भने, ‘सहरहरु निर्माण गर्नको लागि हामीले धेरै हाइलाइट गरेका छौँ । जलवायु परिवर्तनका कारण सहरहरूमा अति वृष्टि हुने, तथा हिमालहरुबाट लेकहरु फोर्स भएर ट्राइजिटिहरु हुने भएका कारणले भोगिरहेको समस्या र बस्ती विकासमा नेपालले हासिल गरेको उपलब्धिबारे संसारको ध्यानाकर्षण गराएका छौँ ।’
साथै, उनले नेपालको सहरहरूलाई विकास गर्न सबै राष्ट्रको सहयोगको आवश्यकता रहेको समेत ध्यानाकर्षण गराएको बताए । उनले आउने दिनहरूमा स्थानीय तह देखी नै यस्ता कार्यक्रमहरूमा सहभागिता जनाउँदा कामहरू दिगो तरिकाले गर्न सकिने समेत बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया