काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा रेलवे स्टेसनमा शनिबार भएको विस्फोटमा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ ।
क्वेटा रेलवे स्टेसनमा विस्फोटमा घाइते भएका ४६ जनालाई उपचारको लागि स्थानीय अस्पतालमा लगिएको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने स्रोतले जनाएको छ ।
पछिल्लो समयमा आतङ्वादीहरूले विदेशी वित्तपोषणको आधारमा ऊर्जा परियोजनालाई लक्षित गरी विस्फोटका घटनाहरू बढाउँदै आइरहेको छ ।
गत अगस्टमा भएका दर्जनौँ आक्रमणको जिम्मेवारी बीएलएले लिएको थियो जसले कम्तीमा ३९ जनाको ज्यान लिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया