मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारी एमालेको संगठित सदस्यबाट निलम्बन

लोकपथ
98
Shares

काठमाडौं । मानव तस्करीको आरोप लागेका लिलाबल्लभ अधिकारी एमालेको संगठित सदस्यबाट निलम्बन भएका छन् ।  

आज बसेको नेकपा एमाले कोशी प्रदेशको बैठकले अधिकारीलाई आरोपको अन्तिम निरूपण नभएसम्मको लागि पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी निलम्बन गरेको हो । 

अधिकारी एमालेको तर्फबाट मोरङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

मानव तस्करहरूसँग मिलेर गत कार्तिक १३ गते मन्त्रीका हैसियतमा अधिकारी जापान प्रस्थान गरेका थिए । हङकङ ट्रान्जिट हुँदै जापान पुगेका मन्त्रीलाई त्यहाँको अध्यागमनले फिर्ता गरिदिएको थियो । उनीसँग गएका तीन जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?