काठमाडौं । हवाई भाडा नियन्त्रणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले सरोकारवाला पक्षसँग पाँच बुँदे सहमति गरेको छ । शनिबार बसेको प्राधिकरण, सरकार र स्वदेशी तथा विदेशी एयरलाइन्स वायुसेवा कम्पनीहरूका प्रतिनिधिको बैठकमा यस्तो सहमति भएको हो ।
सहमति अनुसार एयरलाइन्स कम्पनीहरूले ट्राभल एजेन्सीलाई पछि टिकट बिक्री गर्ने गरी एकमुष्ट रूपमा टिकट बिक्री गर्ने अधिकार (टीबीए) खारेज गरिदिएको छ । त्यस्तै, एयरलाइन्स हवाई सेवा सञ्चालनसम्बन्धी द्विपक्षीय सम्झौता बमोजिमको सर्त पालना गर्दै यात्रुलाई मर्का नपर्ने गरी हवाई भाडादर कायम गर्ने सहमति समेत भएको छ ।
बैठकले हवाई टिकटको मूल्य सूची तोक्ने र सार्वजनिक गर्ने तथा ट्राभल एजेन्सीसँग टिकट बेच्ने सम्झौता गर्दा निश्चित परिमाणमा मात्रै गर्ने समेत निर्णय भएको छ । त्यस्तै हवाई भाडादर नियन्त्रण गर्ने जिम्मेवारी एयरलाइन्स सञ्चालकको हुने समेत निर्णय समेत भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया